अपडेट 
२०८० श्रावण १०, बुधबार २०:२६

सुन तस्करी प्रकरणका थप एक अभियुक्त पक्राउ परेका छन्। एक क्विन्टल सुन तस्करी प्रकरणमा दोषी रहेको ठहर गर्दै राजश्व अनुसन्धान विभागले सुरेन्द्र तामाङलाई पक्राउ गरेको हो।

उनीबारे थप विवरण केही पनि सार्वजनिक भएको छैन। योसँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या १७ पुगेको छ।

यसअघि भन्सारका कर्मचारी, एजेन्टसहित १६ जनालाई विभागको टोलीले पक्राउ गरेको थियो।

Comment


Related News

Latest News

Trending News