२०८० श्रावण ११, बिहीबार ०७:५२

नेपाली कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवाले नेपाली कांग्रेसभित्रको अन्तर्घातले ठूलो विकृति निम्त्याएको बताएकी छन् ।

सर्लाहीको धनकौल बजारमा बुधबार कांग्रेस कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेतृ देउवाले पार्टीभित्रको अन्तर्घातकै कारण कांग्रेस चुनाव हार्ने गरेको बताइन । “३६४ दिनसम्म कांग्रेस हुने तर मतदानको एक दिन कम्युनिस्ट तथा अन्य पार्टीमा लाग्नेहरूका कारण हामीले चुनाव हार्ने गरेका छौँ,” नेतृ देउवाले भनिन्, “हामी हाम्रै कारणले चुनाव हार्छौं, हामीलाई कसैले हराउनु पर्दैन ।” उनले सर्लाही क्षेत्र नं. ४ मा कांग्रेसले राम्रो उम्मेदवार उठाउँदा उठाउँदै आफूहरूकै कारणले चुनाव हार्नु परेको उल्लेख गरिन । यो क्षेत्रमा डा. अमरेशकुमार सिंह अन्तिममा नेपाली कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्रबाट उम्मेदवार दिइ कांग्रेसका उम्मेदवार नागेन्द्र रायलाई पराजित गर्दै तेस्रो पटक सांसद बनेका छन् । उनले भारतबाट एक सय रुपैयाँभन्दा बढीको सामान ल्याउँदा भन्सार बुझाउनुपर्ने सरकारको निर्णय व्यावहारिक नभएको बताउँदै निर्णय तुरुन्त सच्याउन आवश्यक पहल गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

कांग्रेस सर्लाही क्षेत्र नं. ४ का क्षेत्रीय सभापति रामआश्रय साहको अध्यक्षतामा आयोजित कार्यक्रममा कांग्रेस मधेश प्रदेशका सभापतिलगायतले पार्टीको अवस्थाबारे धारणा राखेका थिए ।

Comment

Related News

Latest News

Trending News