अपडेट 
२०८० श्रावण १२, शुक्रबार ०७:४२

आर्थिक वर्ष ०७९/०८० मा प्रहरीले मधेश प्रदेशका आठ वटै जिल्लाबाट ९४ करोड ९६ लाख ५५ हजार २२० रुपैयाँ मूल्य बराबरको सवारीसाधन, लत्ताकपडा, खाद्यान्नलगायतका सामानहरु पक्राउ गरी भन्सारमा बुझाएको छ ।

प्रदेश प्रहरी कार्यालयका अनुसार भारतीय सीमासंग जोडिएका विभिन्न नाकाबाट चोरी तस्करी भइ नेपाल भित्रिएका सवारी साधनलगायतका समानहरु पक्राउ गरी सम्बन्धित जिल्लाका भन्सार कार्यालयलाई बुझाएको मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठले बताए ।

मधेश प्रदेश अन्तर्गत रहेको ८ वटै जिल्लाको जिल्लागत तथ्यांक हेर्दा आर्थिक वर्ष ०७९/०८० मा सबैभन्दा बढी प्रहरीले पर्सा जिल्लाबााट तस्करीका मालसामान पक्राउ गरेका छन् ।

प्रहरीले पर्सामा ४७ करोड ७८ लाख ४८ हजार ९५ रुपैयाँको मालसामान पक्राउ गरी भन्सार कार्यालयलाई बुझाएको मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।

त्यसैगरी, सप्तरीमा ४ करोड ५ लाख ८८ हजार ९२६, सिरहामा ३ करोड ६४ लाख ७ हजार ७०२, धनुषामा ७ करोड ८१ लख ९२ हजार ३५६, महोत्तरीमा ७ करोड २ लाख ५६ हजार ८९६, सर्लाहीमा ७ कोड ११ लाख ३४ हजार ५९५, रौतहटमा ४ करोड ९० लाख ४२ हजार ६६१, वारामा १२ करोड ६१ लख २३ हजार ९८९ मूल्यबराबरको सामान पक्राउ गरी भन्सार बुझाएको जनाइएको छ ।

Comment


Related News

Latest News

Trending News