२०८० श्रावण १२, शुक्रबार १९:३२

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको पिपरा गाउँपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित पाँचजना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

शुक्रबार विशेष अदालत काठमाडौँमा तत्कालिन प्रमुख प्रशासकीय अधिकृत रंजिता झा, सव इन्जिनियर श्याम किशोर मण्डल, निर्माण उपभोक्ता समितिका अध्यक्ष नवोनारायण मिश्र, सचिव कमरुल खातुन र कोषाध्यक्ष रतन साह विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिएका छन् ।

उनीहरुले आर्थिक वर्ष २०७४-०७५ मा सोही गाउँपालिकाको वडा नम्बर एकको एकरहिया कृषि सडक ओरालोदेखि खैरबा सडकको पीसीसी ढलान कार्यमा नभए नगरेको कार्यलाई बढी काम भएको नाबी किताव तयार पारेर बढी मूल्यांकन गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो ।

उनीहरुले झुट्टा नाबी किताव, भुक्तानी बिल र कार्य सम्पन्न प्रतिवेदन स्वकिृत गरी उपभोक्ता समतिलिाई एक लाख ४८ हजार नौ सय १० रुपैयाँ बढी भुक्तानी दिएको भन्दै बढी भुक्तानी दिए बराबरको रकम बिगो दाबीसहित कैद र जरिवानाको माग गरिएको छ ।

यस्तै निर्माण उपभोक्ता समतिकिा अध्यक्ष नवोनारायण मिश्र, सचिव कमरुल खातुन र कोषाध्यष रतन साहले सोही कार्यमा बढी काम भएको नापी किताव तयार गर्दै एक लाख ४८ हजार नौ सय १० रुपैयाँ बढी मूल्यांकन गराई गलत नापी किताव, बिल भरपाई र कार्य सम्पन्न प्रतिवेदन तयार एवम स्वीकृत गराई नभई नगरेको काममा बढी भुक्तानी लिएको भन्दै सोही रकम बराबरको बिगो दाबिसहित सजायको माग गरिएको छ ।

Comment

Related News

Latest News

Trending News