अपडेट 
२०८० श्रावण १३, शनिबार ०७:४२

धरौटी तिर्न नसकेपछि सप्तरीको एक जना मिटरब्याजीका अभियुक्तलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

राजविराज– ७ का हेम नारायण झा पुर्पक्षका लागि कारागार चलान भएका छन् । अनुचित लेनदेन सम्बन्धमा हरिनारायण रजक, मो.तजमुल मिँया, कौशल्या देवीसमेतको जाहेरीका आधारमा झा विरुद्ध ठगी तथा अपराधिक विश्वासघात मुद्दामा अनुसन्धानपछि प्रहरीले जिल्ला अदालतमा फाइलहरू पेश गरेको थियो । मिटरब्याजीका रुपमा परिचित झालाई २५ लाख धरौटी तोकिएकोमा उनले तिर्न नसक्दा कारागार कार्यालय सप्तरी चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

राष्ट्रिय सभाले मिटरब्याजी सम्बन्धी विधेयकलाई सर्वसम्मतिले पारित गरेकै दिन झालाई पुर्पक्षका लािग थुनामा पठाइएको छ । मिटरब्याज सम्बन्धी विधेयकलाई र।ष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार प्रमाणीकरण गरेका छन् । प्रमाणीकरण भएसँगै अनुचित लेनदेन(मिटरब्याज) सम्बन्धी कानुन कार्यान्वयनमा आएको छ । यस अघि सरकारले अध्यादेशबाट ल्याएको सो कानुन संघीय संसदबाट पारित हुन नसकेपछि निष्क्रिय भएको थियो ।हाल सरकारले केही संशोधन गरी सो बिधेयकलाई पारित गराएको छ । मिटरब्याज सम्बन्धी विवाद मिलाउन सरकारले अधिकार सम्पन्न उच्चस्तरीय आयोग गठन गरेको छ ।

जिल्ला प्रशासन कार्यालयहरुले विशेष टोली बनाएर मुद्दा फछ्र्योटलाई तीव्रता दिएका छन् । जिल्ला प्रशासन कार्यालयमा हुने मिलापत्रमा अपवाद बाहेक ऋणीहरुलाई नै प्रत्यक्ष फाइदा पुगिरहेको छ । अध्यादेश निष्क्रिय भएदेखि राष्ट्रिय सभाबाट विधेयक पारित नहुँदासम्म जिल्ला अदालतहरुमा २०७४ साल पूर्वका सयौं तमसुकहरुको मुद्दा दर्ता भएको छ ।

Comment


Related News

Latest News

Trending News