
सप्तरी प्रहरीले कालो बजारी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी नरेश कुमार सिंहका अनुसार पेट्रोलको कालो बजारी गरेको आरोपमा शुक्रबार राजविराज नगरपालिका ९ का किराना पसल संचालक गुलाम मियाँ पक्राउ परेका छन् । ५० वर्षीय व्यवसायी गुलामले एकातिर पेट्रोल बिक्री वितरण गर्ने अनुमति नलिएको अर्को तिर मिसाबट गरी बोतलमा राखेर मनपरी मूल्यमा उपभोक्तालाई बिक्री वितरण गरेको पाइएकोले नियन्त्रणमा लिएको डिएसपी सिंहले जनाएका छन् । पक्राउ परेकोलाई कालो बजारी मुद्दा अन्तर्गत सप्तरी जिल्ला अदालतबाट म्याद थप गराइ आवश्यक अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।