अपडेट 
२०८० श्रावण १३, शनिबार ०८:४६

बारा जीतपुर सिमरा उपमहानगरपालिका वडा नं.२ मा ऐलानी जग्गाको लालपुर्जा बनाइदिन्छु भन्दै झुक्याएर पैसा उठाइएको पाइएको छ ।

जगदम्बा स्टिल पछाडि रहेको फूलबारी टोलमाप्रति धुर दुई सय रुपैयाँको दरले रकम उठाइएको पाईएको वडा अध्यक्ष धन बहादुर श्रेष्ठले जानकारी दिए । करीब ४० वर्ष देखि बसोबास गर्दै आएका वासिन्दाहरुलाई बसिरहेको जग्गाको लालपुर्जा बनाइदिन्छु भन्दै स्थानीय ५/६ जनाले रकम उठाएको वडा अध्यक्ष श्रेष्ठले बताए । उठाउने भन्दा भनि उठाउन लगाउने मानिस बढी दोषी रहेकाले माफी नमागेको खण्डमा कारबाहीको कानुनी प्रक्रिया अगाडि बढाउने वडा अध्यक्ष श्रेष्ठले जानकारी दिए । एक जना व्यक्तिसंग २ हजार देखि ८ हजारसम्म उठाइएको पाइएको छ । अहिलेसम्म वडा कार्यालयको सम्पर्कमा ३० जना व्यक्ति पैसा दिएको भन्दै आएको वडा कार्यालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News