२०८० श्रावण १३, शनिबार १९:४२

नेकपा एकीकृत समाजवादीले यसअघि तय गरेको पार्टी कमिटीका तीनै तहका बैठक स्थगित गरेको छ। पार्टीले केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटी बैठक बोलाएकोमा स्थगित गरेको हो।

साउन १६ र १७ गते स्थायी कमिटी, १८ र १९ पोलिटब्युरो तथा २० र २१ गते केन्द्रीय कमिटी बैठक बस्ने तय भएकोमा तयारी नपुगेको भन्दै बैठक अनिश्चित कालका लागि स्थगित गरिएको हो । प्रचार विभाग प्रमुख समेत रहेका नेता जगन्नाथ खतिवडाले आवश्यक तयारी नपुगेकाले एक साता पछि बस्ने गरी बैठक स्थगित गरिएको जानकारी दिए।

यसअघि साउन पहिलो साता सम्पन्न सचिवालय बैठकले तीनै तहका बैठक बस्ने मिति निर्धारण गरेको थियो। 

Comment

Related News

Latest News

Trending News