अपडेट 
२०८० श्रावण १४, आईतवार १०:४३

रौतहटमा एक युवकमाथि घरेलु हतियार भाला प्रहार भएको छ ।

रौतहटको फतुवा विजयपुर नगरपालिका-८ का २६ वर्षीय शम्भु राम भाला प्रहारबाट घाइते भएका हुन् ।

शनिबार साँझ ७ बजेतिर पुरानो रिसइवीको कारण स्थानीय १८ वर्षीय सदरे आलमले राममाथि भाला प्रहार गरेको रौतहटका प्रहरी प्रवक्ता डीएसपी उमाशंकर यादवले जानकारी दिए । दायाँ कोखामा भाला लागेर राम घाइते भएका छन् ।

उनको नेशनल हस्पिटल विजयपुर बजारमा उपचार भइरहेको छ । भाला प्रहार गर्ने आलमलाई पक्राउ गरेको डीएसपी यादवले बताए । घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News