अपडेट 
२०८० श्रावण १४, आईतवार १२:४८

महोत्तरीमा मावली आएका दुई बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ । ।

मृत्यु हुनेमा सर्लाहीको गोडइता नगरपालिका ९ बस्ने महेश मलिक डोमका ४ वर्षीया छोरी चंचला कुमारी र भारतको विहार राज्यको जिल्ला सितामाढीं रामनगर पन पाखर ग्रामको रामभजन मलिक डोमको ५ वर्षीया छोरी अर्चना कुमारी छन् ।

मामाघर महोत्तरीको सोनमा गाउँपालिका ५ खैरबनी आएका दुबै बालिकाको शनिबार दिउँसो स्थानीय रामविनय यादवको पोखरीमा डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । दुबै बालिकाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक मनोज यादवले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News