![](https://ejanakpurtoday.com/wp-content/uploads/2023/07/1690714672757.jpg)
नेपाल सदभावना पार्टी र नागरिक उन्मुक्त पार्टीबीच पार्टी एकता भएको छ । नागरिक उन्मुक्ति पार्टीका नेता रेशमलाल चौधरी र सद्भावना पार्टीका अध्यक्ष रामकुमार महतोबीच तीन बुँदे सहमति भएको छ ।
सहमतिअनुसार अगामी एकता महाधिवेशन सम्मका लागि एकीकृत पार्टीको नाम नागरिक उन्मुक्ति पार्टी हुने, दुवै पक्षवीच सम्झौता भए पश्चात महाधिवेशन सम्म झण्डा, चुनाव चिन्ह, छाप र विधान नागरिक उन्मुक्ति पार्टीले प्रयोग गर्दै गर्ने र केन्द्रीय निकायदेखि स्थानीय तहसम्म पदाधिकारी तथा सदस्यहरुको समायोजन दुवै पार्टीबीच आन्तरिक सहमति अनुसार हुने उल्लेख छ ।