अपडेट 
२०८० श्रावण १४, आईतवार १७:०३

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले गलत निति, गलत कार्यक्रम र बिचारले गर्दा मुलुक आर्थिक रुपमा विकास हुन नसकेको बताउनुभएको छ ।

समाजवादी मोर्चामा आबद्ध घटकका विद्यार्थी सङ्गठनको मोर्चाले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष यादवले मुलुकको स्रोत साधानको उचित प्रयोग र गुणस्तरीय शिक्षा बिना समाजवादको यात्रामा अघि बढ्न नसकिने धारणा राख्नुभयो ।

त्यस्तै कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार, बेथिती र तस्करीविरुद्ध सरकारले चालेको अभियान नरोकिने स्पष्ट पार्नुभएको । प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार, बेथिती र तस्करीविरुद्ध सरकारले चालेको अभियान कुनै आवेग र राजनीतिक स्टन्ट नभएको भन्दै अभियान नरोकिने स्पष्ट पार्नुभएको हो । राज्यको सम्पत्ति व्यक्तिले दोहन गर्नेविरुद्ध अभियान थालिएको र तस्करीविरुद्ध जेहाद छेडिएको उहाले बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारका अरु धेरै फाइल खुल्ने उल्लेख गर्दै त्यसमा जनताको साथ र समर्थन जरुरी रहेको धारणा राख्नुभयो ।

त्यस्तै उहाले सङ्घीय शिक्षा विधेयक आगामी मङ्गलबाार सदनमा पेस गरिने जानकारी दिनुभयो । मन्त्रिपरिषद्को बैठकले सो विधेयक पारित गरेर सदनमा पेस गर्ने र शिक्षा क्षेत्रमा सुधारका लागि नयाँ मार्ग तय गरिने उहाँले उल्लेख गर्नुभयो । उहाले त्रिभुवन विश्वविद्यालय शिक्षा आयोगका अध्यक्षलगायत अन्य विश्वविद्यालयमा खाली रहेका पदाधिकारीको पनि छिट्टै पदपूर्ति गरिने जानकारी दिनुभयो । उहाले तत्कालीन नेकपा नेतृत्वको सरकारको समयमा तयार पारिएको उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन हराएकाले खोजि भइरहेको उल्लेख गर्नुभयो ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले मुलुक र जनताको हितका लागि समाजवादी मोर्चामा आउन आह्वान गर्नुभयो । मोर्चामा आउने चाहना नराखे घिसारेर ल्याउन नसक्ने भन्दै उहाले मोर्चामा भएका दलहरु एकताबद्ध भएर अघि बढ्ने जिकिर गर्नुभयो ।

Comment


Related News

Latest News

Trending News