अपडेट 
२०८० श्रावण १५, सोमबार ०७:१०

रौतहट जिल्लाको विजपपुर फतुवा नगरपालिकामा एकजना २६ वर्षीय दलित युवक शम्भु रामलाई भाला हानेर घाइते बनाएका सदरे आलमलाई प्रहरीले पक्राउ गरेको छ ।

मोहर्रम मनाइरहेका बेला शनिबार राति आलमले रामको दाहिने कोखामा भालाले प्रहार गरेको थियो । भाला प्रहारबाट गम्भीर घाइते भएका रामको उपचार वीरगञ्जको हेल्थ केयर सेन्टरमा भइरहेको छ । प्रहरीले आलमलाई पक्राउ गरी आइतबार ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरेको छ । आलमलाई अनुसन्धानको क्रममा हाल इलाका प्रहरी कार्यालय विजयपुर फतुवामा राखिएको छ । इलाका प्रहरी कार्यालयका इञ्चार्ज प्रहरी निरीक्षक अरविन्द साहले राममाथि आलमले पुरानो रिसीइबीका कारण आक्रमण गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको बताएका छन् । उनले थप अनुसन्धान जारी रहेको बताए । मुसलमानहरुले मनाइरहेको मोहर्रम पर्व हेर्न गएका राममाथि आलमले भालाबाट आक्रमण गरेको प्रत्यक्षदर्शीहरुले जनाएका छन् । भालाले कोखामा आक्रमण गरेपछि धेरै रक्तस्राब भएको बताउँदै प्रत्यक्षदर्शीहरुले स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि वीरगञ्ज लगिएको जनाएका छन् ।

मधेश प्रदेशमा मोहर्रम मनाउने क्रममा दुई सम्प्रदायबीच अधिकांश स्थानमा तनाव उत्पन्न भएको थियो । सर्लाहीको गोडैता र रौतहटको विजयपुर फतुवा बाहेक अन्यत्र स्थितिलाई नियन्त्रणमा राखिएको थियो ।

Comment


Related News

Latest News

Trending News