अपडेट 
२०८० श्रावण १५, सोमबार ०७:५०

सशस्त्र प्रहरीले नेपाल भारत सीमा नाकाबाट तस्करी भइ आएका ७ करोड भन्दा बढी मूल्यका सामान बरामद गरेको छ ।

भारतसंग करीब ३९ किलोमिटर खुला सिमाना रहेको महोत्तरीमा सीमा तस्करी चुनौतीपूर्ण भएको बेला सशस्त्रले अहिलेसम्मकै बढी मूल्यका सामान नियन्त्रणमा लिन सफल भएको छ । सशस्त्र प्रहरीले आर्थिक वर्ष ०७९/०८० मा भन्सार चोरी पैठारी निकासीका सात करोड ५७ हजार ६२० रुपैयाँ बराबरका सामान बरामद गरेको जनाएको छ ।

बरामद भएको सामानमा तीन करोड ४३ लाख मूल्य बराबरका २२० थान सवारी साधन नै छ । २३ लाख ८२ हजारका ५९५ थान चौपायाँ र तीन करोड २३ लाख बराबरका अन्य सामान बरामद गरी भन्सार दाखिला गरेको सशस्त्रले जनाएको छ । बरामद गरिएको अन्य सामानमा एक करोड नौ लाख बराबरका किराना र कस्मेटिक सामग्री, ९१ लाख ६० हजारका कपडा, २८ लाख ३० हजारका चौँरी गाईका पुच्छर, २५ लाख ६३ हजारका इलेकट्रोनिक्स सामानदेखि स्रोत नखुलेका पैसा, जुत्ता चप्पल, अण्डा, औषधि, माछा र हाँस कुखुरा रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News