अपडेट 
२०८० श्रावण १५, सोमबार ०८:१०

मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले कानुन निर्माण गर्दा गम्भीर प्रदेश सभा सदस्यहरु गम्भीर हुन जरुरी रहेको बताएका छन्।

प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति, राष्ट्रिय सभाद्वारा आइतबार जनकपुरधाममा आयोजित मधेश प्रदेशमा प्रत्यायोजित विधायन विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रममा उनले सरकारबाट आएको सबै प्रस्तावित विधेयकहरुलाई बिना अध्ययन प्रदेश सभाबाट पारित गरेर जनताप्रतिको उत्तरदायित्व निर्वाह नगरिएको जस्तो देखिएको प्रसंग उल्लेख गरे । उनले हामी सांसदहरु अध्ययन गर्दैनौं, विगतमा सबै बिना अध्ययन कै ऐनहरु पारित भएको अवस्था छ, अहिलेसम्म मधेश प्रदेशमा पारित गरिएका करीब ५६ वटा ऐनहरु छन्,तर सबै ऐनलाई अहिले अनुगमन र अध्ययन गरी संशोधन गर्नुपर्ने आवश्यक्ता रहेको बताए ।

ऐन बनाउने काम सभासदहरुको भएको बताउँदै उनले प्रदेश सभाले आफ्नो अधिकारलाई सरकारलाई प्रत्यायोजन गर्न दिए पनि सरकारबाट आएको विधेयकलाई अध्ययन छलफल र विज्ञहरुसंग राय सल्लाह लिएर मात्र पास गर्नुपर्नेमा जोड दिए । प्रत्यायोजित व्यवस्थापन तथा तथा सरकारी आश्वासन समितिका सभापति माया प्रसाद शर्माले व्यवस्थापिकाले सरकारलाई ऐन बनाउन दिएको अधिकारको कतिको सदुपयोग वा दुरुपयोग गरिएको बारे कानुन अडिट गर्ने यस समितिको अधिकार रहेको बताए । उनले सरकारले जनतालाई बाँडेका आश्वासन कतिको पूरा गरे गरेनन् भन्ने सोधपुछ गर्ने अधिकारसमेत समितिलाई रहेकोले विभिन्न विषयगत समितिहरुले पनि सरकारले ल्याएको विधेयक ऐनहरुबारे अध्ययन एवम् छलफल नगरी पास गर्न नहुने धारणा राखेका थिए ।

Comment


Related News

Latest News

Trending News