अपडेट 
२०८० श्रावण १५, सोमबार १२:२३

भारतको महाराष्ट्रमा चलिरहेको रेलमा गोली प्रहार हुँदा एक जना प्रहरीसहित चार जनाको ज्यान गएको छ ।

पालघर रेलवे स्टेशन नजिकै जयपुर–मुम्बई एक्सप्रेसमा यात्रा गरिरहेका चार जनालाई रेलवे सुरक्षा बल (आरपीएफ) का एक जवानले गोली प्रहार गरेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । जयपुरबाट मुम्बईका लागि छुटेको रेलमा यस्तो घटना भएको हो ।

गोली चलाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । घटना के कारणले भयो भन्नेबारे केही खुलेको छैन । यात्रा गरिरहेका बेला रेलमा अचानक गोली चलेको प्रत्यक्षदर्शीले बताएका छन् । घटनाको अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएका छन् ।

Comment


Related News

Latest News

Trending News