अपडेट 
२०८० श्रावण १६, मंगलवार ०७:१८

आम जनता पार्टी( आजपा)ले रौतहट बन्दको कार्यक्रम फिर्ता लिएसँगै सत्तासीन ६ दलीय गठबन्धन बलियो देखिएको छ ।

आजपाका अध्यक्ष प्रभु साहले रौतहट बन्द गराउन विभिन्न जिल्लाबाट भारी संख्यामा कार्यकर्ताहरु मगाएका थिए । आइतबार दिउँसो गरेको जुलुसमा ठूलो संख्यामा मोटरसाइकल थियो । मोटरसाइकल ¥यालीले रौतहट बन्द गराउन दवाव सृजना गर्न गरेको साहको प्रयास अबेर राति असफल भयो । बन्द कार्यक्रम गरिए प्रतिकार हुने र शान्तिसुरक्षामा खलल पुग्ने चेतावनी दिँदै बन्द फिर्ता लिन स्थानीय प्रशासनले चेतावनी दिएको बताइएको छ । साहको कार्यक्रम पूर्व पश्चिम राजमार्गमा पर्ने चपुर चोकमा केन्द्रित भएको छ । रौतहट बन्द कार्यक्रम अबेर राति फिर्ता लिए पनि चपुरमा रहेको धर्ना कार्यक्रमलाई जारी राखिएको छ । धर्ना कार्यक्रममा सहभागिताको संख्या सीमित रहे पनि नेताहरुले दिनभरि नै भाषण दिइरहेका छन् । सांसद साहले राजमार्ग क्षेत्रमा विरोध कार्यक्रम गरेर देशभरि नै गौर राइस मिल घटनालाई पु¥याइने उपाय गरेका छन् । गौरको राइस मिलमा भएको घटना दोहरिन सक्ने आकलन गरेका साहले पूर्व पश्चिम राजमार्गमा धर्ना कार्यक्रमलाई निरन्तरता दिएका छन् । फोरमको सभा विथोल्न साहले तराईको भूगोल भन््रदा बाहिरका मानिसहरु ल्याएकाले उनीहरुलाई घटनास्थलबाट भाग्न समस्या भएको थियो ।

माओवादीले केही दिन पूर्व नै गौरका व्यवसायीहरुमाथि आक्रमण गराएका थिए । त्यसकारण उनीहरुले स्वतः स्फूर्त रुपमा माओवादी माथि जाइ लागेका थिए । हिन्दू वादी नेता काशीनाथ तिवारीको हत्यामा संलग्न रहेको अभियोगमा साहलाई पक्राउ गरी कारबाही गर्न ६ दलीय गठबन्धनले सरकारमाथि दबाब बढाएका छन् । माओवादीको नामबाट साहले दर्जन बढी हत्या गराएको आरोप लगाउँदै जनता समाजवादी पार्टी(जसपा)का रौतहट अध्यक्ष श्यामबिहारी यादवले प्रहरीले पक्राउ गरी कारबाही अगाडि नबढाए सशक्त संघर्ष गर्ने चेतावनी दिएका छन् । रौतहट जिल्लामा गौर राइस मिल हत्या काण्ड र ईटाभट्टा हत्याकाण्ड अत्यन्त चर्चित छ । ईटाभट्टा हत्याकाण्डमा दर्जन बढी मानिसलाई जिउँदै ईटाभट्टामा पोलेर मारिएको थियो । त्यस काण्डमा नेपाली कांग्रेसका नेता अफताब आलम जेलमा छन् ।

राइस मिल हत्याकाण्डको १७ वर्ष वितिसक्दा पनि दोषीलाई पक्राउ नगरिएको भन्दै प्रतिनिधि सभा सदस्य प्रभु साह समर्थकहरुले चपुरको चोकमा धर्ना दिइरहेका छन् । आजपाका एकजना नेताले जनाए अनुसार बन्दको क्रममा झडप गर्ने ६ दलले तयारी गरेकाले कार्यक्रम स्थगित गरेर सचेत नागरिकको परिचय दिएको छ । मौलापुर नगरपालिकादेखि गरुडा हुँदै साह चपुरसम्म सीमित रहेका छन् । राइस मिल काण्डमा साह दोषी रहेको जसपाका रौतहट अध्यक्ष यादवले दाबी गरेका छन् । तर प्रभु साहले सो घटनामा तत्कालीन फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव दोषी रहेकाले पक्राउ गर्नुपर्ने माग गर्दै विरोधका कार्यक्रमहरु गरिरहेका छन् ।

गौर राइस पीडितहरुले शनिबारदेखि थालेको धर्ना र मोटरसाइकल ¥यालीका लागि आजपा अध्यक्ष साहले नै व्यवस्था गरिरहेका छन् । साहको बन्दलाई गौरका व्यवसायीहरुले समेत उल्लंघन गर्ने चेतावनी दिएका थिए । प्रशासनले शान्तिसुरक्षा खलबलिए मुद्दा चलाउने चेतावनी दिएपछि साहले आँट नगरेको बताइन्छ । प्रहरीले साहलाई तिवारी हत्याकाण्डमा पक्राउ गर्न सक्ने सम्भावना रहेको स्रोतले जनाएका छन् । संघर्षलाई सुरक्षित अवतरण गराएर गौर राइस मिल हत्याकाण्डबाट अलग्गिने योजना बनाएको बताइएको छ । प्रतिनिधि सभासदस्यमा निर्वाचित रहे पनि उनलाई हाल कुनै राजनीतिक दलको सहयोग छैन् । तर मौलापुर नगरपालिका र उनी निर्वाचित हुने क्षेत्रका जनतामा बलियो पकड बनाएका छन् । साह गौरमा जान सक्ने अवस्थामा नरहेपनि आफ्ना निर्वाचन क्षेत्रमा उनले चाहे अनुसारको गतिविधि गर्न सक्ने वातावरण छ । गौर राइस मिलको नाममा साहको राजनीति पनि कमजोर देखिएको छ । विगतमा साहप्रति देखिने जनसमर्थन हाल रहेको छैन् । उनी गौरमा विरोध प्रदर्शन गर्न सक्ने सामथ्र्यसमेत गुमाई सकेको बताइन््रछ ।

Comment


Related News

Latest News

Trending News