अपडेट 
२०८० श्रावण १६, मंगलवार ०७:४७

रौतहट जिल्लाको गौर नगरपालिका – ३ मा विद्युतको पोलमा युवकलाई बाँधेर कुटपिट गरेको आरोपमा रौतहट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

सामान्य विषयमा शुक्रबार विवाद भएको निहँुमा स्थानीय २० वर्षीय प्रिन्स अन्सारीलाई विद्युतको पोलमा बाँधेर कुटपिट गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि घटनामा संलग्न भएको आरोपमा सोही वडाका शहीद अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार शहीदको छोरा र भाइ प्रिन्स अन्सारीबीच आइसक्रीम खरीद गर्ने विषयमा भएको विवादलाई लिएर घरमा कोही नभएको मौकÞा छोपेर शनिबारका दिन विद्युतको पोलमा हात बाँधेर प्लास्टिकको पाइपले निर्मम तरिकाले कुटपिट गरेको पीडितका दाई इलियास अन्सारीले आरोप लगाएका छन् ।

वडा अध्यक्ष अव्दुल ताहिरको अगाडि नै हातिम अन्सारी ,आविद अन्सारी साजिद अन्सारी ,आश मोहमद र सोनु अन्सारीले कुटपिट गरेको दावी गरेका छन् । सार्वजनिक रुपमा मानिसलाई बाँधेर कुटपिट गर्नु कानुन विपरीत कार्य भएकोले दोषी उपर कÞानुनी कारबाही गर्नुपर्ने मागसमेत गरेका छन् । घटनामा संलग्न भएको आरोपमा पक्राउ परेकामाथि अभद्र व्यव्हार मुद्दा दर्ता गरी कÞानुनी प्रक्रिया अगाडि बढ़ाइएको प्रहरी उपरीक्षक वीर बहादुर बुढामगरले बताएका छन् । लागूऔषध सेवन गरेर चक्कु लिएर घुम्दै गरेको कारण नियन्त्रणमा लिनको लागि यस्तो गरिएको सुन्नमा आएको बताउँदै यस्तो कार्य नगर्नुपर्नेमा अमानवीय र कानुन विपरीतको कार्य भएकोले दोषीमाथि कारबाही हुने प्रहरी उपरीक्षक मगरले प्रतिवद्धता जनाएका छन् ।

Comment


Related News

Latest News

Trending News