अपडेट 
२०८० श्रावण १६, मंगलवार ०८:०४

महोत्तरीको सम्सी गाउँपालिका लेखापाल रौशन कुमार राउतविरुद्ध एक लाख २५ हजार भ्रष्टाचार आरोपको मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालका अनुसार राउतले सम्सी गाउँपालिका वडा नं. ५ मा सञ्चालन भएको कोभिड–१९ सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न पश्चात् उक्त कार्यक्रमको भुक्तानी दिने प्रयोजनार्थ सेवाग्राहीसँग सो रकम लिएका छन् । राउतलाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम जरिवाना सजायसमेत हुन माग दाबी लिई सोमबार विशेष अदालत, काठमाण्डुमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News