अपडेट 
२०८० श्रावण १६, मंगलवार १६:३०

प्रतिनिधि सभाको अर्थ समितिले निजी प्रयोजनका लागि दुई बोरासम्म मल आयातको व्यवस्था गर्न निर्देशन दिएको छ। समितिको मंगलबार बसेको बैठकले किसानले दुई बोरा मल ल्याउँदा भन्सार बिन्दुमा झन्झट र बन्देज नहुने व्यवस्था मिलाउन अर्थ मन्त्रालयसहितका निकायलाई निर्देशन दिएको हो।

रासायनिक मलको विकल्पको रूपमा जैविक र प्रांगारिक मलको आपूर्ति र प्रयोग सम्बन्धमा राष्ट्रिय रणनीति तयार गर्न पनि कृषि मन्त्रालयलाई निर्देशन दिइएको छ।

ज्येष्ठ सदस्यका हिसाबले समिति सभापति विनोद चौधरीले मलको माग र आपूर्तिबीचको सन्तुलन मिलाउन पनि निर्देशन दिएका छन्। कृषि र उद्योग मन्त्रालय तथा स्थानीय तहको संयोजनमा मल आपूर्तिको भरपर्दो रणनीति बनाई त्यसको जानकारी समितिलाई दिन निर्देशन दिइएको छ।

Comment


Related News

Latest News

Trending News