२०८० श्रावण १७, बुधबार ०७:२६

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले विद्यार्थी भविष्यको कर्णाधार रहेको बताएका छन् ।

मधेशका युवाहरुमा सही शिक्षाको आवश्यकता रहेको भन्दै मधेशको शिक्षा कमजोर बनाउन राज्य पक्ष सधैँ लागि परेको आरोप लगाएका छन् । जनकपुरधाममा मंगलबार २०७९ को एसइइ परीक्षामा उत्तीर्ण मधेशका २२ जिल्लाका करीब १ सय ५० मुसहर छात्र छात्राको सम्मानमा आयोजित कार्यक्रममा अध्यक्ष यादवले मधेशको शिक्षा मुलुक भरमा उत्कृष्ट हुनुपर्नेमा जोड दिए । सो अवसरमा अध्यक्ष यादवले मुसहर समुदायबाट विभिन्न विद्यामा अध्ययनरत विद्यार्थीलाई प्रमाण पत्र वितरण गरी सम्मान गरेका थिए ।

सम्मान कार्यक्रममा  मधेश प्रदेशका अर्थमन्त्री एवं मधेश सरकारका प्रवक्ता संजय कुमार यादव, राष्ट्रिय सभाका पूर्व सदस्य रामपृत पासमान, प्रतिनिधि सभाका पूर्व सदस्य प्रमोद कुमार साह, सभासद राम आशिष यादव, मधेश प्रदेश सभा पूर्व सदस्य चमेली देवी दास, जनकपुरधाम उपहानगरपालिकाका पूर्व मेयर लाल किशोर साह, जलवायु तथा वातावरण विज्ञ चन्देश्वर सदा र चन्देश्वर महतोलगायतको उपस्थिति रहेको थियो ।

Comment

Related News

Latest News

Trending News