अपडेट 
२०८० श्रावण १७, बुधबार १९:५७

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई बुधबार साँझ प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराएका हुन् ।

यसअघि २१ असारमा मुख्यमन्त्री नियुक्त भएका थापा सभामुखको समेत समर्थन लिएर मुख्यमन्त्री बनेका थिए । उक्त कदम संविधानविपरीत रहेको भन्दै सर्वोच्च अदालतले उनको नियुक्ति बदर गरिदिएको थियो ।

त्यसपछि मंगलबार सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर उनको समर्थनमा थापा मुख्यमन्त्री बनेका थिए ।

Comment


Related News

Latest News

Trending News