अपडेट 
२०८० श्रावण १९, शुक्रबार ०६:५२

जनकपुरियन लेडिज ग्रुपले बिहीबार जानकी मन्दिरको फूलबारीमा वृक्षरोपण गरेको छ ।

ग्रुपद्वारा विभिन्न प्रजातिका फूलका बोट तथा बेलपत्र,चन्दन,धुपी ,रबर प्लान्ट,सम्मीलगायतका बोटहरु रोपिएको छ । केहीदिन अगाडि मात्रै जनकपुरका स्थानीय युवाहरुले फूलबारीमा लगाएको तरकारीहरु नष्ट गरी फूल रोप्न आह्वान गरेका थिए। ग्रुपको पहलमा जानकी मन्दिरको फूलबारीमा विभिन्न प्रजातिका १ सय १ वटा फूलको विरुवा रोपिएको जानकी मन्दिरका सहायक महन्त रामरोशन दास वैष्णवले बताए । फूल रोप्ने कार्यक्रममा जानकी मन्दिरका सहायक महन्त रोशन दास, सञ्चारकर्मी, अभियानी युवा, सुरक्षाकर्मीलगायतको पनि सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News