अपडेट 
२०८० श्रावण १९, शुक्रबार ०७:४७

खानेपानी मन्त्री महिन्द्र राय यादवले मन्त्री परिषद् बाट मधेश प्रदेशलाई सुख्खा ग्रस्त क्षेत्र घोषणा गर्न पहल गर्ने बताएका छन् ।

वीरगञ्ज महानगरपालिकाद्वारा आयोजित खानेपानी समस्या र सरोकारवालाबीचको वृहत् छलफल कार्यक्रममा मन्त्री यादवले मधेशको लाइफ चुरेसँग जोडिएकाले र चुरे संरक्षणमा सबै जुट्नुपर्नेमा जोड दिए । उनले चुरे संरक्षणका लागि भारत सरकारसँग पनि समन्वय गरेर अगाडि बढ्नुपर्ने बताउँदै यो नेपालको मात्रै नभएर भारतको पनि समस्याको विषय भएको उल्लेख गरे । उनले वीरगञ्जका मेयर, सञ्चार माध्यम र जनप्रतिनिधिले खानेपानीको समस्यालाई प्रमुख एजेन्डाको रुपमा उठाएपछि अहिले राज्यको ध्यान केन्द्रित भएको बताउँदै अन्तर्राष्ट्रिय गैर सरकारी संस्था जाइकासँग समन्वय गरेर खानेपानी समस्या निराकरणका लागि मन्त्रालयले पहल गर्ने दाबी गरे ।

कार्यक्रममा पर्सा क्षेत्र नम्बर १ सांसद प्रदीप यादवले एक थोपा पानीका लागि वीरगञ्ज तडपिएको बताउँदै सरकारले वैकल्पिक र दीर्घकालीन योजना बनाएर समस्या समाधान गर्नुपर्नेमा जोड दिए । पर्सा क्षेत्र नम्बर २ का सांसद अजय चौरसियाले सरकारलाई वीरगञ्जमा खानेपानीको समस्याबारे बेलैमा ध्यानाकर्षण गराइएको भए पनि समयमा पहल नहुँदा विकराल अवस्था सृजना भएको बताए । कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले सबैको सामूहिक प्रयास भएमा एक हप्ताभित्रै खानेपानीको समस्या समाधान हुने बताउँदै वीरगञ्जमा हाल सञ्चालनमा ल्याइएका सार्वजनिक धारासमेत आर्सेनिक भएर नभएको परीक्षण गर्नुपर्ने बताए

Comment


Related News

Latest News

Trending News