अपडेट 
२०८० श्रावण १९, शुक्रबार ०८:०६

नेपालमा डेङ्गु भाइरसको सङ्क्रमण सेरोटाइप–२ स्वरुप बढी सक्रिय रहेको पाइएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले गरेको अध्ययनमा यसपटक सेरोटाइप–२ स्वरुप बढी देखिएको हो ।

महाशाखाका किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा गोकर्ण दाहालले सेरोटाइप–२ स्वरूपको डेंगु ४१ प्रतिशत देखिएको जानकारी दिए। महाशाखाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका ५८ नमूना परीक्षण गरेको थियो । परीक्षणमा सेरोटाइप–१, सेरोटाइप–२ र सेरोटाइप–३ देखिएको छ । तीमध्ये सेरोटाइप–१ केहीमा र सेरोटाइप–३ पनि देखिएको छ ।

सन् २०२२ मा भने सेरोटाइप–१ र सेरोटाइप–३ बढी देखिएको र सन् २०१९ मा गरिएको नमूना परीक्षणमा सेरोटाइप–१ र सेरोटाइप–२ देखिएको महाशाखाले जनाएको छ । एउटा सेरोटाइप देखिएपछि अर्को सेरोटाइप पुनः मानिसलाई भएपछि अलि खतरनाक हुने उनको भनाइ छ ।

Comment


Related News

Latest News

Trending News