अपडेट 
२०८० श्रावण २०, शनिबार ०८:१०

सामाजिक विकास तथा अनुसन्धान केन्द्र (एसडिआसी)को ३२ औं साधारणसभा शुक्रबार सम्पन्न भएको छ ।

बाल संरक्षण, बाल विकास, महिला हिँसाका विरुद्ध, सामाजिक विकास, विपद् व्यवस्थापन लगायतका क्षेत्रमा काम गर्दै आएका एसडिआरसीका अध्यक्ष मञ्जु यादवको अध्यक्षतामा भएको सो साधारण सभामा बोल्दै प्रमुख अतिथि मधेश प्रदेशका सभामुख रामचन्द्र मंडलले सामाजिक रुपान्तरणको लागि सडकमा काम भएपछि मात्र सदनमा त्यसको असर पर्ने बताए । वर्तमान अवस्थामा मधेश प्रदेशमा सुख्खा भए पनि यहाँका नागरिकले सरकारलाई दबाब दिन सडकमा नआएकाले सदन पनि सुस्त भएको बताए । किसानहरुको समस्या धेरै भए पनि यहाँका जनतालाई अधिकारको लागि आफ्नो आवाज राख्नु पर्ने बताउदै उनले सदनलाई तताउन सडकमा आवाज उठ्नुपर्ने बताए । समाजको उन्नतिका लागि सरकार प्रत्यक्ष रुपमा विभिन्न अंग निर्माण गरी काम गरिरहेका छन् भने गैर सरकारी संस्थाहरु प्रतिविम्वका रुपमा सामाजिक क्षेत्रमा काम गरीरहेको बताए । देश विकासमा गैर सरकारी संस्थाको आवश्यकता रहे पनि केही संस्थाको नकारात्मक क्रियाकलापका कारण नागरिकको गैर सरकारी संस्थाप्रति विश्वास कम भएको उनले बताए ।

एसडिआरसीका संस्थापक अध्यक्ष तथा संरक्षक रामसिंह यादवको विशेष उपस्थितिमा भएको सो साधारण सभामा सस्थाका कार्यक्रम संयोजक विवश श्रेष्ठले गत आर्थिक वर्षमा संस्थाले बाल संरक्षण तथा बाल सपना परियोजनाका क्षेत्रमा गरेको कामहरुका बारेमा जानकारी गराए । तीन वर्ष मुनिका बालबालिकाहरुको विकासका लागि संचालित परियोजनाले बालबालिकाहरुको शारीरिक विकास, भाषिक विकास, बौद्धिक विकास,सामाजिक विकास र संवेगात्मक विकासका लागि काम गरेको बताए । प्लान ईन्टरनेशनलको सहयोगमा दुई वटा परियोजना गत आर्थिक वर्षमा संचालन भएको उनले जानकारी दिदैँ चालु आर्थिक वर्षमा बालबालिका तथा किशोरीहरुको संरक्षण र दक्षताका लागि गल्र्स स्टेन्डिङ स्टोन नामक परियोजना संचालन भएको बताए ।

Comment


Related News

Latest News

Trending News