अपडेट 
२०८० श्रावण २०, शनिबार ०८:३०

धनुषाको सबैला नगरपालिकाको लेटर प्याड किर्ते गरी आइइएमआइएस भरेर विद्यालयको सूचना पठाउने गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका– ४ प्रसाही टोलमा संचालित युनाइटेड इन्टरनेसनल एकेडेमी इंगलिस बोर्डिङ स्कूलका संचालक शतरुधन कापर र क्षीरेश्वरनाथ नगरपालिका– ८ दिगम्बरपुरका खुशीलाल महतो रहेका छन् । हाल सबैलामा बस्ने महतो सबैला नगरपालिका प्यापसनको अध्यक्ष छन् । पक्राउ परेकाहरुमाथि अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यलय सबैलाका प्रहरी निरीक्षक राम कृष्ण देवकोटाले जनाएका छन् । अनुसंधानकै क्रममा धनुषाधाम स्थित रहेको एक कम्प्युटर सेन्टरका संचालक समेतलाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक देवकोटाले बताए ।

Comment


Related News

Latest News

Trending News