अपडेट 
२०८० श्रावण २०, शनिबार ०८:३३

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेशमा सिर्जना भइरहेको खडेरीको अवस्थाबारे प्रदेशका प्रमुख जिल्ला अधिकारी र विज्ञहरुसंग छलफल गरेका छन् ।

मधेश प्रदेशमा यसपटक देखापरेको सुख्खाको समस्याबारे मधेश प्रदेशका प्रजिअ र विज्ञहरुसंग छलफल गरेको बताइएको छ । मुख्यमन्त्री यादवले प्रदेशका प्रमुख आठवटै प्रजिअ र सिँचाइ, खानेपानी, कृषि मन्त्रालयका वरिष्ठ पदाधिकारीहरुसँग प्रदेशको खडेरी एवम् खाने पानीको समस्या र त्यसको समाधानबारे जानकारी लिएका छन् । मधेश प्रदेश सरकारको गृह, संचार तथा कानून मन्त्रालयद्वारा शुक्रबार आयोजित सुख्खा क्षेत्रको समस्या सम्बन्धी छलफलमा प्रदेशका प्रमुख जिल्ला अधिकारीहरुले यस पटक ५० प्रतिशतभन्दा बढी रोपाइँ हुन नसकेको, भए पनि वर्षाको अभावमा रोपेको धानवाली नष्ट हुनलागेकोले केन्द्रसंग समन्वय गरी अविलम्व अघि बढ्न प्रदेश सरकारलाई सुझाव दिएको धनुषाका प्रमुख जिल्ला अधिकारी काशी राज दाहालले जानकारी दिए । उनले धनुषा, महोत्तरी र सिरहा जिल्लालाई सुख्खा क्षेत्र घोषणाका लागि सिफारिस गरिसकेको सम्बन्धित प्रजिअले जानकारी दिएको उनले बताए । प्

रमुख जिल्ला अधिकारीहरुले चुरे संरक्षण, नहरहरुको निर्माण, पुरिएका पुराना पोखरीहरुको उत्खनन, पानी रिचार्जको नयाँ प्रविधि र प्याकेजहरु तयार पार्न जरुरी रहेको साथै अव हिउँदेबालीको लागि जोड दिनुपर्ने सुझावसमेत दिए । उर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयका निमित्त सचिव अरुणलाल कर्णले सरदर २५ देखि ३० प्रतिशत ट्युवेल सुकेको अवस्था छ, यसको निराकरणका लागि दीर्घकालीन तथा अल्पकालीन उपायहरुबारे प्रकाश पारे । पानी नै परेन् भने रिचार्ज हुने अवस्था कठिन हुन्छ, तर ग्राउण्ड वाटर बिलकुलै सुकिसकेको अवस्था भने छैन् । खानेपानीको लागि पौन इन्चको पाइप राखेर मोटर जोडे हुन्छ, उनले जानकारी गराए । उर्जा, सिँचाइ तथा खानेपानी मन्त्री सिंहासन सा कलवारले सुनकोशी कमला मरिन डाइभर्सन परियोजना बारे चर्चा गर्दै यो एउटा राम्रो विकल्प हुनसक्छ भने । त्यसतर्पm लागेमा रिचार्ज पनि हुने र खानेपानीको समस्यासमेत समाधान हुने विश्वास उनले व्यक्त गरे । सिँचाइ र खानेपानीको लागि आफूहरु हरसम्भव प्रयासमा लागेको जानकारी पनि उनले दिए । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्द न्यौपानेले यो संकट अवसर र चुनौती दुबै हो चर्चा गर्दै अझ पनि १०÷१५ दिन समय छ । पानी पर्यो भने मज्जाले हल निस्किन्छ बताए । उनले सुख्खामा के बाली लगाउने, वैकल्पिक खेतीलाई कसरी लिएर जाने हो,दोश्रो तेश्रो बालीको लागिसमेत अब तयार रहनुपर्ने आवश्यकतामा जोड दिए ।

गृह, संचार तथा कानुनमन्त्री मोहमद समिमले सप्तरीदेखि पर्सासम्म एकैनासको समस्या भएको र यहाँ प्रस्तुत तथ्यांकभन्दा पनि खडेरीको समस्या गम्भीर रहेको बताए । पानी नपरेर, सिँचाइ नहुँदा मैले आप् mनो खेतसमेत रोप्न पाएको छैन् उनले भने । मालपोत मिनाहादेखि पूmड बैंक स्थापना, भोकमरीको समस्यासँग जुध्न उपायहरुबारेसमेत चर्चा गरिएको सो अवसरमा मुख्यमन्त्री यादवले यसपटक नभएको समस्या आयो, यसबारे संघीय सरकारसित गम्भीर रुपले कुराकानी गर्ने बताए । खडेरीको समस्या निराकरण गर्न आफ्नो सरकारले कुनै कसर नछोड्ने प्रतिबद्धता पनि मुख्यमन्त्री यादवले व्यक्त गरे । यो प्रारम्भिक बैठक हो । कुन जिल्लामा के अवस्था छ, जानकारी लिन भेला गरेका हौ, यसपछि निराकरणका लागि कम्मर कसेर लाग्ने उनले बताए । सो अवसरमा निमित्त प्रमुख सचिव किशोर कुमार चौधरी, गृह तथा संचार मन्त्रालयका सचिव उमेश ढकाल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव नम्रता सिंहलगायत प्रदेशका वरिष्ठ पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News