अपडेट 
२०८० श्रावण २१, आईतवार ०८:५७

बाँकेको नेपालगञ्जका एकै परिवारका ४ सहित ६ जनाको भारतको श्रावस्ती जिल्लाको बलरामपुरमा भएको कार दुर्घटनामा मृत्यु भएको छ ।

भारतको बलरामपुरबाट नेपालगन्ज आउँदै गरेको युपी ४७ डब्लु १२१७ नम्बरको कार श्रावस्ती जिल्लाको इकौना नजिक सडकमा गए राति गाईसँग ठोक्किँदा दुर्घटना भएको हो ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं ११ त्रिभुवनचोकका वैभव गुप्ता, उनकी पत्नी दीपिका गुप्ता,५ वर्षकी छोरी बैभवी गुप्ता र ९ महिनाकी छोरी श्रेया गुप्ताको सो घटनामा मृत्यु भएको छ ।

यसैगरी निलान्स गुप्ता र उनकी बहिनी नीति गुप्ताको पनि भारत श्रावस्तीको बलरामपुरस्थित एकाउन्न भन्ने स्थानमा शनिवार राती भएको दुर्घटनामा मृत्यु भएको छ ।
दुर्घटनामा निधन हुने ६ जना नै नातेदार रहेका छन् । दुई परिवारका ६ जनाको निधन भएपछि नेपालगञ्ज बजार शोकमा परेको छ ।

वैभव भारत माइतीमा रहेकी पत्नीलाई साथ लिएर फर्किने क्रममा गाडी दुर्घटनामा परेको हो । घटनामा चालक गम्भीर घाइते रहेका छन् ।

बाँकेका एसपी सन्तोषसिंह राठौरले घटनामा ६ जनाको मृत्यु भएको र उनीहरूको भारतमा नै पोष्टमार्टम हुने बताए । पाेष्टमार्टमपछि शव ल्याउने विषयमा समन्वय गरिरहेको उनले बताए ।

स्थानीय ब्राइटल्यान्ड कलेजमा बिबीएस तेस्रो सेमेस्टरमा अध्ययनरत सुनितीको निधनको खबरले कलेजका विद्यार्थी शोकमग्न भएको सहपाठी आकृति रानाले बताए ।

Comment


Related News

Latest News

Trending News