अपडेट 
२०८० श्रावण २१, आईतवार १४:४६

नेकपा माओवादी केन्द्रले नेताहरूको जिम्मेवारी हेरफेर गरेको छ । जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहालले नेताहरूको नयाँ जिम्मेवारीको प्रस्ताव गरेका छन् ।

प्रस्तावित जिम्मेवारीअनुसार अग्नि सापकोटा प्रचार विभाग तोकिएको छ । प्रदेश इन्चार्जको जिम्मेवारी उपमहासचिवद्वय जनार्दन शर्मा र वर्षमान पुनलाई प्रस्ताव गरिएको छ ।

पदाधिकारी बैठकले पदाधिकारीको जिम्मेवारी हेरफेर गर्ने प्रस्ताव पारित गरी सोही प्रस्ताव अध्यक्ष प्रचण्डले केन्द्रीय समिति बैठकमा पेस गर्ने माओवादी एक केन्द्रीय सदस्यले जानकारी दिए ।

कुन नेतालाई के जिम्मेवारी ?

उपाध्यक्ष: कृष्णबहादुर महरा,पार्टी एकता र समाजवादी मोर्चा
उपाध्यक्ष: अग्निप्रसाद सापकोटा,प्रचार प्रसार विभाग प्रमुख
उपमहासचिव: जनार्दन शर्मा- बागमती प्रदेश इन्चार्ज
वर्षमान पुन: विशेष प्रदेश इन्चार्ज
पम्फा भुसाल: जनवर्गीय संगठन इन्चार्ज

Comment


Related News

Latest News

Trending News