अपडेट 
२०८० श्रावण २१, आईतवार १७:४९

तीन महिने पार्टी रुपान्तरण अभियान सञ्चालन गर्ने घोषणा गर्दै नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ ।

आइतबार काठमाडौंको प्रज्ञा भवनमा सम्पन्न बैठकले जनतासँग माओवादी , विशेष रुपान्तरण अभियानको घोषणा गरेको हो । भदौ १६ देखि मंसिर १५ सम्म सञ्चालन गरिने अभियान अन्तर्गत अध्यक्ष प्रचण्ड समेत सात प्रदेशका सात वडामा जानुहुनेछ । बैठकमा अध्यक्ष प्रचण्डले आगामी भदौ १५ गतेसम्म सम्पूर्ण तयारी सक्ने र सबै वडामा १६ गते एकै दिन उद्घाटन गरिने बताउनुभयो । बैठकले पदाधिकारीहरुको जिम्मेवारी हेरफेर गरेको छ । जसअनुसार अध्यक्ष प्रचण्डलाई समग्र पार्टीको जिम्मेवारी दिइएको छ भने उपाध्यक्ष कृष्णबहादुर महरा, पार्टी एकता र समाजवादी मोर्चा, अग्निप्रसाद सापकोटालाई प्रचार प्रसार विभाग र पम्फा भुसाललाई जनवर्गीय संगठनको जिम्मेवारी दिइएको छ ।

त्यस्तै पदाधिकारीको प्रदेश जिम्मेवारी पनि हेरफेर गरिएको छ । गैरप्रदेश र विशेष प्रदेश इन्चार्जको जिम्मेवारी उपमहासचिव वर्षमान पुनलाई दिइएको छ ।

सचिव देवेन्द्र पौडेललाई मधेश प्रदेश, बागमती प्रदेशको इन्चार्जको जिम्मा उपमहासचिव जनार्दन शर्मालाई दिइएको छ । त्यस्तै सुदूरपश्चिमममा डिलाराम आचार्य, लुम्बिनीमा मातृका यादव, कोशीमा लिलामणि पोखरेल र कर्णालीमा चन्द्रप्रकाश खनाललाई प्रदेश इन्चार्जको जिम्मेवारी तोकिएको छ । बैठकको समापन गर्दै अध्यक्ष प्रचण्डले भावनात्मक रुपले भए पनि पार्टी एक ढिक्का भएको भन्दै माओवादी फेरि जाग्ने बताउनुभयो । अब वडावडामा केन्द्रीय नेता पुग्नुपर्ने निष्कर्षमा पुगको भन्दै आफु पनि सातै प्रदेशका बिभिन्न सात वडामा जाने उहाले बताउनुभयो । प्रचण्डले जनताको सवै घरमा पुगेर तीन महिनापछि विधान सम्मेलनमा पुग्ने निष्कर्षमा पुगिएको जानकारी दिनुभयो ।

त्यस्तै बैठकले समसामायीक प्रस्ताव पारित गर्दै भारतको उतराखण्ड प्रदेशमा गएको पहिरोमा परि मृत्यु भएका प्रति समवेदना प्रकट गर्दै वेपत्ताको खाजी तथा क्षतिपूर्ति दिन सरकारसंग माग गरेको छ । त्यस्तै लम्की रोग नियन्त्रणमा गम्भीर हुन र आवश्यक क्षतिपूर्तिको व्यवस्था गर्न पनि माग गरेको छ ।

Comment


Related News

Latest News

Trending News