अपडेट 
२०८० श्रावण २२, सोमबार ०७:५०

नेपालमा धान रोपाइँमा कमी आएको र भारतले खाद्य सामग्रीको निर्यातमा रोक लगाएपछि खाद्य सामग्रीको मूल्य अकासिएको छ । भारतीय सीमावर्ती क्षेत्रमा भारतबाट आउने खाद्य सामग्री नेपालमा ल्याउन कडाइ गरिएको छ । सीमा क्षेत्रमा तैनाथ एसएसबी( सशस्त्र सीमा सुरक्षाबल)ले झोलासमेत खो लेर हेर्न थालेको बताइन्छ । भारतीय सुरक्षा अधिकारीहरुले नेपालमा ल्याइने थोरै खाद्य सामग्रीसमेत ल्याउन रोक्ने गरेको स्थानीयहरुले बताएका छन् ।

नेपालको सीमावर्ती क्षेत्रमा भारतबाट बिना भन्सार खाद्य सामग्री आउने गरेको छ । भार तमा पनि धानको रोपाइँ पूरा हुन नसकेको कारण चामलको निर्यातमा सरकारले रोक लगाएको छ । नेपाली बजारमा चामलको आपूर्ति भारतबाट नै हुने गरेको छ । भारतमा पनि चामलको मूल्य वृद्धि भएको बताइएको छ । स्थानीय किराना व्यवसायीहरुका अनुसार मसिनो चामलको मूल्य यथावत नै रहे पनि मध्यमवर्गीयले खाने मोटो चामलको मूल्य वृद्धि भएको छ ।

सोना मनसुली चामलको गत हप्ता प्रति किलो ५० रुपैयाँ मोल रहेको थियो । तर अहिले प्रति किलो ६० रुपैयाँ पुगेको छ । कतरनी चामलको मोल पनि बढेको छ । गत हप्ताको तुलनामाप्रति किलो ८ रुपै याँले कतरनी चामलको मोल बढेको किराना पसलेहरुले जनाएका छन् । कतरनी चामल आइतबारप्रति किलो ९० रुपैयाँमा बिक्री भएको छ । गत हप्ताप्रति किलो ८२ रुपैयाँमा चामल बिक्री भएको थियो ।

मसलाहरु मध्ये धनिया, खुर्सानीको मो लमा वृद्धि नभएको व्यवसायीहरुले जनाएका छन् । तर बेसार(हल्दी)को मोल प्रतिकिलो १८० बाट २५० पुगेको छ । बेसारमाप्रति किलो ७० रुपेयाँले वृद्धि भएको छ । गत बैशाख महिनामा ११०० रुपैयाँ प्रतिकिलो मरिच रहेको मा हाल प्रतिकिलोको १४०० भएको छ । तर जिरामा भने झण्डै दोब्बरको वृद्धि भएको छ । गत वैशाखमा ७ सय रुपैयाँमा पाइने जिरा हाल १३ सयमा बिक्री भइरहेको छ । व्यवसायीहरुका अनुसार जिराको मूल्यप्रति किलो २ हजारसम्म पुग्नसक्छ । हाल लहसुन प्रति किलो १८० मा बिक्री भइरहेको छ । किराना व्यवसायीहरुका अनुसार दालमा मूल्यमा खासै फरक परेको छैन् । दाल भारतबाट आयात भए पनि त्यसमाथि कडाइ छैन् ।

सीमा क्षे त्र खुकुलो भए मात्र चामलको मोलमा कमी आउने अथवा स्थिर रहने व्यवसायीहरुको कथन छ ।

Comment


Related News

Latest News

Trending News