अपडेट 
२०८० श्रावण २२, सोमबार ०७:५६

धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा प्रहरीले चार राउण्ड हवाइ फायर गरेका छन् । विद्यालयको छत ढलानको क्रममा आइतबार भएको विवादलाई नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड हवाइ फायर गरे का छन् । गाउँपालिकाको वडा नम्बर ४ को ल्हुवामा रहेको वैद्यनाथ देवनारायण जनता नमुना माध्यमिक विद्यालयको छत ढलान गराउन पुगेका प्राविधिकहरुलाई गाउँका केही व्यक्तिले लगत स्टिमेट माग गर्दा नदिएपछि विगत तीन दिनदेखि सो छत ढलान हुन सकेको छैन् ।

नमुना विद्यालयलाई सरकारले प्रदान गरेको एक करोडको बजेटमा सो विद्यालयको छत ढलान कार्य हुन लागे को थियो । त्यो बजेट विद्यालयले निर्माण समितिमार्फत खर्चे पनि प्राविधिक भने गाउँपालिकाबाट उपलब्ध गराइएको थियो । तर, लगत स्टिमेट माग गर्दै स्थानीयहरु विगत तीन दिन देखि सो विद्यालयको छत ढलान रोकेका थिए । गाउँपालिकाको प्राविधिक सहयोग मात्र रहेको र विद्यालयले सम्पूर्ण निर्माण कार्य आफ्नै रेखदेखमा उपभोक्ता समिति बनाइ गरिरहेकाले अनियमितताको नाममा अराजकता सृजना गरिएको पालिकाका अध्यक्ष जयकुमार यादवले बताए ।

आइतबार ढलान गराउनका लागि पुगेका प्राविधिकहरुले छत ढलान गराउन लाग्दा करीब एक डेढ सयको संख्यामा आएका गाउँलेहरुले प्राविधिकहरु नवल महतो, राहुल साह र कृष्णा ठाकुर लगायतमाथि आक्रमण गरेका थिए । छत ढलानका लागि पालिकाका प्राविधिकहरुलाई खटाइएको थियो । प्राविधिकहरुले भवनको छत ढलानलाई गुणस्तरीय र मापदण्ड अनुरुप बनाउन विद्यालयमा पुगेका थिए । छत ढलानको विषयलाई सहजीकरण गर्न पुगेका पालिका अध्यक्ष यादवसँगै रहे का ज्ञानेन्द्र यादव, मणिशंकर यादव, विनो द यादवलगायत आधा दर्जन घाइते भएका छन् । घाइतेहरुको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ,भने विनो दलाई काठमाण्डु पठाइएको छ । यादवको टाउको फुटेको र अत्यधिक रक्तस्राब भएको कारण स्थिति गम्भीर रहेको चिकित्सकहरुले जनाएका छन् । उनलाई थप उपचारका लागि काठमाण्डु लगिएको छ ।

युवाहरुको समूहको नाममा बाट के ही मानिसहरुले भवनको छत ढलान रो केका थिए । अवरोधको कारण शनिबार ढलान हुन नसकेपछि सहजीकरण गर्न अध्यक्ष यादव पनि विद्यालय परिसरमा पुगे का थिए । विद्यालय पक्ष र विरोधी पक्षबीच झड्प हुँदा प्रहरी मौन रहेकाले केही मानिसहरुको टाउको फुटेको आरोप लगाइएको छ । टाउको फुटाउदासम्म धैर्य गरेका प्रहरीले स्थिति सामान्य भइसकेपछि हवाइफायर गरेको विद्यालय पक्षले आरोप लगाएको छ ।

स्थानीय प्रत्यक्षदर्शीहरुका अनुसार सव–इञ्जिनियर महतोलाई पनि लछार पछार गरिएको छ । झड्प भएपछि छत ढलान पूरा हुन सकेन् । आधा अधुरा छत ढलानले विद्यालयलाई क्षति पुगेको अध्यक्ष यादवले बताए । ‘विद्यालय स्वयं सबै काम गरिरहेकाले त्यसको विरोध गर्नु उपयुक्त होइन्’अध्यक्ष यादवले भने, बल प्रयोग गरी कर्मचारी र स्थानीय वासिन्दाहरुलाई कुटपिट गर्नु निन्दनीय रहेको उनले बताए । केही व्यक्तिले निजी स्वार्थका लागि विद्यालय भवनको छत ढलानमा अवरोध गरेकाले आर्थिक क्षति पनि भएको छ । फेरि छत ढलान गर्न हाल ढालिएको छतलाई फुटाउनु पर्ने प्राविधिकहरुले जनाएका छन् ।

नमुना माध्यमिक विद्यालयमा भवन निर्माणका लागि सरकारले बजेट उपलब्ध गराएको थियो । विद्यालय स्वयंले पालिकाको प्राविधिक सहयोग लिएर भवन निर्माणको कार्य गरिरहेको थियो । भवनको संरचना तयार हुँदासम्म चुप लागे का व्यक्तिहरुले छत ढलानमा अवरोध गरे को विद्यालयले जनाएको छ ।

Comment


Related News