अपडेट 
२०८० श्रावण २२, सोमबार ०८:०६

समस्या परेका बे ला ऋण सापटी लिने र फिर्ता गर्ने बेला पचाउने नियतले उल्टै मिटर ब्याजीको आरोप लगाइ फसाउन खो जिएको एक पीडित दम्पत्तीले गुनासो पोखेका छन् ।

सप्तरीको शम्भुनाथ नगर पालिका २ का महेश कुमार भगत र उनका पत्नी मंजुले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी सो गुनासो पोखेका छन् । भगत दम्पत्तीले मिटरब्याजीलाई ७ वर्षसम्म कैद गर्ने विधेयक पारित भएसँगै कतिपयले समस्या परेका बे ला लिएको ऋण सापटी पचाउन कानुनको दुरुपयोग गर्न थालेको आरोपसमेत लगाएका छन् ।

पत्रकार सम्मेलनमा भगत दम्पत्तीले समस्या परेका बेला छिमे की रुपनी गाउँपालिका ३ का गेने लाल मोचीले ५ वर्षअघि ४ लाख ५ हजार र भाल्सेदेवी मोचीले ७५ हजार रुपैयाँ आफूहरुसँग ऋण सापटी लिएको बताउँदै अहिले आएर रकम मिनाहा नगरे मिटर ब्याजीमा फसाइ जेल पठाइदिने धम्की दिन थालेको सुनाए । मैले ब्याज पनि मागेको छैन्, सावा मात्र मागेको हुँ महेशले भने, तर पैसा पचाउने नियतले अहिले उल्टै हामी विरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएर दुःख दिने काम उनीहरुबाट भइरहेको छ । उनले यती मात्र नभइ ०७३ सालमा आफूले शम्भुनाथ नगरपालिका ४ की बलजितकुमारी चौधरीसँग ५४ हजारमा खरिद गरेको २ कठ जग्गा पनि अहिले आएर धितोमा राखे को भन्दै उनी पनि जिल्ला प्रशासन कार्यालयमा मिटरब्याजी भन्दै आफू विरुद्ध उजुरी दिइ बार्गेनिङ गर्न थाले को गुनासो गरेका छन् ।

प्रहरी प्रशासनले पनि पीडित भन्दै उनीहरुकै कुरा मात्र सुनेर आफूलाई हथकडी लगाएर चार घण्टा हिरासतमा राखेर जवर्जस्ती विभिन्न कागजातमा हस्ताक्षर र औठा छाप गर्न लगाएको उनले गुनासो पोखे । पैसा फिर्ता नगर्ने मनसाय राखेका मो ची र बिक्री गरिसकेका जग्गा फिर्ता लिने नियतले मिटरब्याजीको आरो प लगाएका चौधरी विरुद्ध आफू न्यायका लागि अदालत पुगिसकेका बेला प्रहरी प्रशासनले अनावश्यक दुःख दिन थालेको भगत दम्पत्तीको भनाइ छ । आफ्नो कुनै कुरा नसुनी प्रहर ीका जिम्मेवार अधिकारीले मो ची र चौधरीकै पक्षमा बोल्ने गरे को र आफूलाई ठगी, विश्सावसघात तथा अभद्र व्यवहार मुद्दा चलाइने दिने भन्दै धम्क्याउन थालेको भगत दम्पत्तीले बताए ।

अदालतमा प्रवेश पाइसकेको विषयको टुङ्गो नलाग्दै प्रहरी प्रशासनबाट बढ्दो दबाबले आफूहरु असुरक्षित भएको तथा न्याय र सुरक्षाका लागि सरोकारवालाको ध्यानाकर्षण गराउन संचारकर्मीमाझ आइपुगेको पत्रकार सम्मेलनमा मंजुले बताइन् । हामी मिटरब्याजी होइन भगत दम्पत्तीले भने, उजुरीकर्ताको नियत र समस्त प्रकरणको उचित छानबिन गरि दोषि देखिएकालाई कानुन बमो जिम कारबाही हुनुपर्ने बताइन् ।

 

Comment


Related News

Latest News

Trending News