अपडेट 
२०८० श्रावण २३, मंगलवार १२:५४

आज सुन चाँदीको भाउ घटेको छ । सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले घटेको छ ।

सुन आज तोलामा एक लाख १२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा एक लाख १२ हजार चार सय रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ ।

हिजो तोलाको एक हजार चार सय २५ रुपैयाँमा किनबेच भएको चाँदीको भाउ आज तोलामा २५ रुपैयाँले घटेर एक हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News