अपडेट 
२०८० श्रावण २३, मंगलवार १४:०६

रौतहटको गौर हत्याकाण्डका पीडितद्वारा गठित संघर्ष समिति र र गृहमन्त्रालयबीच मंगलबार ५ बुँदे सहमति भएको छ ।

मन्त्रालय र संर्घर्ष समितिका प्रतिनिधीले सहमति पत्रमा हस्ताक्षर गरेका छन् । सहमतिअनुसार २०६३ चैत ७ गते भएको त्यस घटनालाई लिएर परेका जाहेरीसमेतलाई आधार मानेर अनुसन्धान प्रक्रिया अगाडि बढाइने र दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याइने उल्लेख छ ।

यस्तै मन्त्रिपरिषद्‍बाट सहिद घोषणा भएका घटनाका मृतकको नाम राजपत्रमा प्रकाशित गरिने, सहिद घोषणा हुन बाँकीका हकमा पनि प्रकृया अगाडि बढाइने, उपचार गराइरहेका घाइतेलाई उचित प्रबन्ध गर्न स्वास्थ्य मन्त्रालयलाई अनुरोध गर्ने र उपचार खर्चका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई अनुरोध गर्ने सहमति भएको छ ।

गृहमन्त्रालयका तर्फबाट प्रवक्तासमेत रहेका सहसचिव नारायणप्रसाद भट्टराई र संघर्षत समितिका तर्फबाट समिती अध्यक्ष रुपसागरदेवी उपाध्यायले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

Comment


Related News

Latest News

Trending News