![](https://ejanakpurtoday.com/wp-content/uploads/2023/08/pic_sqmGPhFE0c.jpg)
राेल्पामा बस दुर्घटना हुँदा ज्यान गुमाउनेकाे सङ्ख्या चार जना पुगेकाे छ । दुर्घटनामा ज्यान गुमाउनेमा दुई जना पुरुष र दुई जना महिला रहेका प्रहरीले जानकारी दिएकाे छ ।
यस्तै दुर्घटनामा नाै जना गम्भीर घाइते भएका छन् । घाइतेहरूको उद्धार कार्य भइरहेकाे र मृतकहरूको सनाखत हुन बाँकी रहेको प्रहरीकाे भनाइ छ ।
रोल्पाको बाघमारादेखि दाङकाे घोराहीतर्फ जाँदै गरेको ना ५ ख २६१२ नम्बरको बस रोल्पाको तिला बजार नजिकै मङ्गलवार दिउँसाे दुर्घटना भएकाे हाे । बस सडकबाट तल खसेकाे थियाे ।