
महोत्तरीको सोनमा गाउपालिका– १ का तस्लीम अंसारीको ३८ वर्षीय छोरा जाविर अन्सारी लाई नदी तर्ने क्रममा नदीले बगाएर मृत्यु भएको छ ।
वार्ड नं १ स्थित मरहा नदी तर्ने क्रममा नदीमा आएको बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय महोत्तरी का प्रवक्ता डीएसपी दिलीप कुमार गिरीले जनाएका छन् । उनको शब नेपाली सीमाबाट ४ किलोमीटर भित्र भारतीय क्षेत्रमा रहेको मझौरामा फेला परेको छ ।