अपडेट 
२०८० श्रावण २४, बुधबार ०७:१९

सोमबार राति देखिनै पानी परेसँगै नदीहरुमा आएको बाढीको कारण धनुषामा एक जनाको मृत्यु भएको छ, भने दुई जना वेपत्ता भएका छन् ।

मिथिला नगरपालिका–२ आनन्दपुरका १७ वर्षीय सुबोध यादवलाई मंगलबार बाढीले बगाउँदा मृत्यु भएको छ । यादवले घर नजिकैको बसही खोला तर्ने क्रममा बाढीले यादवलाई बगाएको थियो । पछि प्रहरीले उद्धार गरी अस्पताल पु¥याएपछि चिकित्सकले यादवलाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक दीपक कार्कीले बताए ।

त्यसैगरी,कमला नदीमा आएको बाढीको बेला दाउरा निकाल्ने क्रममा धनुषाको गाणेशमान चारनाथ नगरपालिका–७ पोर्ताहाका ३५ वर्षीय सान परियार र उनका श्रीमती माया परियारलाई कमला नदीमा आएको बाढीले बगाएको छ । वेपत्ता भएका दुबै जनाको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले खोजतलास गरिरहेको धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए ।

यसैबीच,कमला नदीमा आएको बाढीले कटान सुरु गरेपछि धनुषाका सुरक्षा निकाय सक्रिय भएका छन् । मंगलबार बेलुका कमला नदीको ब्यारेक भन्दा करीब २ सय मिटर उत्तर बाढीले कमला नदीको बाँध कटान सुरु गरेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले बोरामा गिटट्ी बालुवा हालेर अस्थायी बाँध निर्माण कार्य थालेको छ । कमला नदीको पानी वस्तीमा प्रवेश हुनुबाट रोक्न तथा जीउधनको क्षति हुन नदिन सो बाँध निर्माण गर्न लागिएको प्रमुख जिल्ला अधिकारी दाहालले जनाएका छन् । कमला नदीमा पानी सतह बढी रहेकोले कमला वरिपरि रहेका वासिन्दालाई सतर्क रहन आग्रहसमेत गरेका छन् । धनुषाका प्रमुख जिल्ला अधिकारी दाहाल, नेपाल प्रहरीका प्रहरी उपरीक्षक, सशस्त्र प्रहरीका उपरीक्षकको सहित टोलीले मंगबार कमला नदी क्षेत्रको अनुगमन गरेका थिए ।

Comment


Related News

Latest News

Trending News