अपडेट 
२०८० श्रावण २४, बुधबार ०७:२५

उर्जा सिँचाइ तथा खानेपानी राज्यमन्त्री शेष अबुल कलाम आजादले मंगलबार पदभार ग्रहण गरेका छन् ।

रौतहट निर्वाचन क्षेत्र नम्बर ४ ख बाट प्रदेश सभामा निर्वाचित सांसद आजादले उर्जा सिँचाइ तथा खानेपानी राज्यमन्त्रीको पदमा पदभार ग्रहण गरेका छन् । यस अघि उनी सामाजिक विकास राज्यमन्त्रीको जिम्मेवारी पाएका थिए । तर तत्कालीन सामाजिक विकास मन्त्रालयको नाम फेरिएपछि तत्कालीन सामाजिक विकास मन्त्री सुरिता साहसँगै आजाद पनि बिना विभागीय राज्यमन्त्रीको रुपमा रहेका थिए । गढीमाई नगरपालिकाका आजाद लामो समयदेखि राजनीतिमा सक्रिय रहेका छन् । उनी तत्कालीन गाविस अध्यक्षसमेत भएका थिए ।

प्रदेश सभाको पहिलो निर्वाचनमा स्वतन्त्रबाट निर्वाचित भएपछि जनता समाजवादी पार्टीमा प्रवेश गरेका थिए । दोस्रो पटक जनता समाजवादी पार्टीबाट प्रदेश सांसदमा निर्वाचित भएका छन् । रौतहट जिल्लामा इमानदार र समाजसेवीको छावि बनाएका नेता आजादलाई जसपाले जिम्मेवारी दिएपछि सो क्षेत्रका जनता हर्षित भएका छन् ।

Comment


Related News

Latest News

Trending News