
सिरहाको मिर्चैया नगरपालिका-६ स्थित शम्भु होटलमा विराटनगरका एक व्यवसायी मृत भेटिएका छन् ।
विराटनगर उपमहानगरपालिका-१० का २५ वर्षीय सिद्धान्त भट्टराई मृत अवस्थामा फेला परेका हुन् । छतबाट लडेर मृत्यु भएको आशंका गरिएपनि उनको घटना रहस्यमय देखिएको छ ।
मृतक भट्टराई विराटनगरबाट को १ च ९१७२ नम्बरको पिकप गाडीमा चालकसहित मिर्चैया आएका थिए । उनी कपी (अभ्यास पुस्तिका) को मार्केटिङ्ग गर्दै आएको खुलेको छ ।
उनले भने, ‘छातीमा चोट लागेको देखिएको छ । थप अनुसन्धान भइरहेको छ ।’
उनका अनुसार सहदेव होटलमै खाजा र खाना खाएका भट्टराई शम्भु होटलमा कसरी गए भन्ने छानविनको विषय रहेको बताए । चालकसँग सोधपुछपछि धेरै कुरा खुल्न सक्छ ।
शम्भु होटलका सञ्चालक शम्भु साहले भट्टराई राति करिब ११ बजे आफ्नो होटलमा आएको बताए । ‘उहाँले वियर मागेर पिउनुभो र केहीबेरमा शौचालय कता छ ? भन्दै सोधेपछि मैले शौचालय देखाइदिए । त्यसपछि के भयो थाहा भएन ‘, साहले भने ।
शव अहिले घटनास्थलमै रहेको छ । मृतकका आफन्त आएपछि शव पोस्टमार्टमका लागि पठाउने प्रहरीले जनाएको छ ।