अपडेट 
२०८० श्रावण २४, बुधबार १७:४६

सरकारले उपराष्ट्रपति रामसहाय प्रसादको चीन भ्रमण स्वीकृत गरेको छ ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले चीनको कुनमिङ सहरमा साउन ३१ देखि भदौ ३ गतेसम्म आयोजना हुने ७ औँ चाइना–साउथ एसिया एक्स्पो र २७औँ चाइना (कुनमिङ) इम्पोर्ट एन्ड एक्सपोर्ट फेयरमा सहभागी हुन उपराष्ट्रपतिको चीनको भ्रमण स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रम र श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका लागि आवशयक पर्ने राजपत्राङ्कित अधिकृतस्तरका ७१५ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले अमन चौधरी(अग्रवाल) र सोफिया रुथ भण्डारीले झुटा विवरण पेश गरि नागरिकता लिएको देखिएकाले नागरिकता रद्द गरि नेपाली नागरिकबाट हटाउने र संलग्न व्यक्तिहरुलाई कारवाही गर्ने निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिनुभयो । बैठकले भदौ १९ र २० गते स्वीडेनमा आयोजना हुने एक कार्यक्रममा सहभागी हुन प्रमुख निर्वाचन आयुक्तलाई स्वीकृति दिने, सिंहदरबारको संशोधित गुरुयोजना स्वीकृत गर्ने निर्णय समेत गरेको प्रवक्ता शर्माले बताउनुभयो ।

पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता शर्माले सुन तस्करी काण्डमा राज्यका निकायहरूले छानविन गरिरहेको र त्यसको प्रक्रिया अघि बढेकाले त्यसमा विश्वास गर्नुपर्ने बताउनुभयो । उहाले राज्यले गर्ने अनुसन्धान पूर्ण नभए अर्को निर्णय दिन सकिने भन्दै अहिले अनुसन्धानका लागि राज्यलाई सहयोग गर्नुपर्ने जिकिर गर्नुभयो । उहाले लगातार सदन अवरोध गर्नु राम्रो नभएकाले निकास खोज्न सरकार छलफलमा जुटेको जानकारी दिनुभयो । प्रवक्ता शर्माले कपन लगाएत काठमाडौंका बिभिन्न स्थानमा आएको बाढीप्रति सरकार गम्भीर रहेको भन्दै अव बिकासको योजनालाई व्यवस्थीत रुपमा अघि बढाउनुपर्ने धारणा राख्नुभयो ।

त्यस्तै उहाले पशुचौपायामा देखिएको लम्पी स्कीन महामारीको नियन्त्रण र राहत प्रदान गर्नका लागि कृषि मन्त्रालयले योजना बनाइरहेको जानकारी दिनुभयो ।

Comment


Related News

Latest News

Trending News