अपडेट 
२०८० श्रावण २५, बिहीबार ०७:४४

सोमबार रातिदेखि आएको अविरल वर्षाको कारण मधेश प्रदेशमा बाढीबाट ३ जनाको मृत्यु भएको छ, भने ४ जना वेपत्ता भएका छन् । र बाढीबाट २३० घर डुबानमा परेको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।

मृत्यु हुनेमा धनुषाको मिथिला नगरपालिका–२ का १७ वर्षीय अजय यादवको घर नजिकै रहेको बसही खोलमा बाढीले बगाउँदा मृत्यु भएको छ । खोला तर्ने क्रममा यादवलाई बाढीले बगाएपछि प्रहरीले उद्धार गरी उपचारको अस्पताल पुर्याएका थिए । उपचारकै क्रममा यादवको मृत्यु भएको छ । त्यसैगरी, रौतहटको गढीमाई नगरपालिका–२ समनपुरका ६५ वर्षीय शहीद भाटलाई लालबकैया नदीमा आएको बाढीले बगाउँदा मृत्यु भएको छ । मंगलबार साँझ खेतबाट घर फर्किरहेको बेलामा नदी तर्ने क्रममा बाढीले बगाएर भाटको मत्यु भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी, सर्लाहीको हरिपूर्वा नगरपालिका –७ वसन्तपुरका ६० वर्षीय भोला चौधरीलाई बाँके खोलाले बगाउँदा मृत्यु भएको छ । चौधरीको मंगलबार नै बाढीले बगाए पनि बुधबार प्रहरीले शव बरामद गरेको मधेश प्रदेशका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए ।

त्यसैगरी, विभिन्न खोलामा आएको बाढीले बगाएर ४ जना वेपत्ता भएको छ ।

महोत्तरीको लोहारपट्टी नगरपालिका–५ का ३८ वर्षीय जाविर अन्सारीलाई रातु नदीमा आएको बाढीले बगाउदाँ बेपत्ता भएको छ । त्यसैगरी, पर्साको सिर्सिया नदीमा आएको बाढीमा बगेर भारत विहार मोतिहारी जिल्लाका ३२ वर्षीय किशोर राउत कुर्मी वेपत्ता भएका छन् । कमला नदीमा आएको बाढीको बेला दाउरा निकाल्ने क्रममा धनुषाका एक दम्पती वेपत्ता भएका छन् । मंगलबार दिउँसो गाणेशमान चारनाथ नगरपालिका–७ पोर्ताहाका ३५ वर्षीय सान परियार र उनका श्रीमती माया परियारलाई कमला नदीमा आएको बाढीले बगाएर लगेको छ । वेपत्ता भएका दुबै जनाको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले खोजतलास भइरहेको धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड् काले जानकारी दिए ।

त्यसैगरी,अविरल वर्षाका कारण पर्सामा १७, रौतहतको लालबकैयाँ नदी वरिपरिका क्षेत्रका १५८ र महोत्तरीको लोहारपट्टी नगरपालिकास्थित रातु नदी वरिपरिका ६० घर डुबानमा परेको प्रवक्ता श्रेष्ठले बताए । प्रहरी बाढीमा परेका ८३ जनालाई उद्धार गरी सुरक्षित स्थानमा पु¥याएको उनले बताए ।

Comment


Related News

Latest News

Trending News