अपडेट 
२०८० श्रावण २५, बिहीबार ०९:००

नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशको जनकपुरधाममा कार्यालय उद्घाटन भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द प्रसाद ढकालले जनकपुरधाममा बुधबार महासंघको कार्यालय उद्घाटन गरेका छन् । कार्यालय उद्घाटन कार्यक्रममा ढकालले मधेश प्रदेशमा कृषि उद्योगको सम्भावना रहेको बताउँदै उनले राज्यले कृषि क्षेत्रमा लगानी गरेको खण्डमा कृषि उत्पादनमा वृद्धि हुने बताए । बैंकको चर्को व्याज विरुद्ध व्यापारी उद्योगीहरु एक जुट भइ त्यसको विरोध गरेको र नेपाल राष्ट्रलाई बैकले ब्याजदर घटाउन सहमत भएको उनको भनाइ थियो । प्रधानमंन्त्रीको भारत भ्रमणमा नेपालको तर्फबाट हामीले विजनेश वर्तामा सहभागी भइ व्यापार सहजीकरणमा जोड दिएको उनले बताए । हवाइ टिकटमा लगाएको कर घटाउन महासंघले धेरै मेहिनत गरेको उनले बताए । नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानीले राज्यले उद्योग व्यापारीलाई राम्रो सहयोग गरेको खण्डमा देशको जीडीपी उकास्न टेवा पुग्ने बताए ।

Comment


Related News

Latest News

Trending News