अपडेट 
२०८० श्रावण २५, बिहीबार १३:०२

सिरहामा मिटरब्याजी आरोपमा एक महिला पक्राउ परेकी छन् ।

पक्राउ पर्नेमा मिर्चैया नगरपालिका-६ की ३५ वर्षीया सुजाता साह छन् । उनलाई बुधबार साँझ पक्राउ गरिएको सिरहाका प्रहरी उपरीक्षक टेकुनन्द इवा लिम्बुले जानकारी दिए ।

ममता देवी रायले प्रहरीमा दर्ता गराएको अनुचित लेनदेन सम्बन्धि मुद्दामा अदालतबाट पक्राउ अनुमति लिएर साहलाई पक्राउ गरिएको हो ।

साहमाथि प्रहरी र जिल्ला प्रशासनमा गरी दर्जन बढी उजुरी छ । उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News