अपडेट 
२०८० श्रावण २५, बिहीबार १३:०५

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवन नगपालिका–४, स्थित लखन्देखी पुलमुनि अज्ञात युवकको टाउको मात्रै फेला परेको छ ।

बिहीबार बिहान स्थानीयले खोलाको बगरमा घाँटीबाट छिनाएको टाउको मात्रै देखेपछि प्रहरीमा खबर गरेका थिए । अहिले प्रहरी टोली घटनास्थलमा पुगेर थप अनुसन्धान गरिरहेको सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक दीपेन्द्र पन्जियार थारुले जानकारी दिनुभयो ।

उनका अनुसार घटनास्थलको अवस्था हेर्दा युवकको भर्खरै हत्या भएको जस्तो देखिन्छ । घटनास्थलमा अहिले प्रहरी उपरीक्षक नरेशराज सुवेदी आफैँ पुगेर अनुसन्धानमा जुट्नुभएको छ ।

युवकको सोही ठाउँमा हत्या भएको वा उत्तरी भेगमा हत्या भएर त्यहाँसम्म बाढीले बगाएर ल्याएको हो भन्ने खुल्न सकेको छैन ।

Comment


Related News

Latest News

Trending News