अपडेट 
२०८० श्रावण २५, बिहीबार १६:४१

नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्मा पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बिहीबार सांसद शर्मालाई पक्राउ गरेको हो । काठमाडौंको गोल्फुटारस्थित निवासबाटै उनलाई पक्राउ गरिएको सीआईबी स्रोतले जनाएको छ।

चिकित्सा क्षेत्रका विवादित व्यवसायी शर्मा गत मंसीरमा सम्पन्न निर्वाचनमा मोरङ-३ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हुन् । उनी मेडिकल कलेजको सम्बन्धन, सीट निर्धारण र शिक्षण शुल्कका विषयमा विवादमा आइरहेका व्यक्ति हुन्।

उनी विरुद्ध यसअघि २०७३ सालमा पनि पक्राउ पूर्जी जारी भएको थियो। सीआईबीको अनुसन्धानमा डा. शर्माले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा चिकित्सकीय अभ्यास गरेको देखिएको थियो।

सीआईबीले पक्राउ गर्न प्रमाण जुटाएको सुइँको पाएपछि जापान उडेका थिए। त्यसको केही महीनापछि नेतृत्वमा पुग्न प्रहरी अधिकारीबीच हानथाप चल्दा उनी जोगिएका थिए।

Comment


Related News

Latest News

Trending News