अपडेट 
२०८० श्रावण २६, शुक्रबार ०७:५३

मधेश प्रदेशका अर्थमन्त्री एवं प्रवक्ता संजय कुमार यादवले लेखापरीक्षण गर्न प्रदेशमा आउने कर्मचारीहरुले दोहोरो मानसिकता राख्ने गरेको बताएका छन् ।

मधेश प्रदेशमा आउँदा लेखा परीक्षकले बेरुजु ठहर गर्ने गरेको भन्दै उनले महालेखापरीक्षकको कार्यालयले तत्कालै यसलाई सुधार गर्नुपर्ने बताए । एउटै शीर्षकलाई फरक–फरक प्रदेश फरक तरिकाले कानुनी व्याख्या गर्ने गरेको उनको भनाइ छ। धनुषा/महोत्तरी जिल्ला स्थित प्रदेश सरकार मातहातका मन्त्रालय / सचिवालय / आयोग / प्रतिस्ठान / विभाग / निर्देशनालय / कार्यालयका कार्यालय प्रमुख तथा लेखाप्रमुखहरुलाई नाम्समा आधारित लेखापरीक्षण, संपरीक्षण तथा वित्तीय अनुशासन सम्बन्धी अभिमुखीकरण कार्यक्रममा उनले सो कुरा बताए छन् । मन्त्री यादवले संघीयता संस्थागत भइसकेको हुँदा यस्ता किसिमको अपव्याख्याले लेखापरीक्षकको प्रतिवदेनमा माथिसमेत प्रश्न उठ्ने र विश्वसनीयतासमेत घट्ने बताए । साथै, मन्त्री यादवले यस किसिमको अभिमुखीकरण तालिमले मधेशमा वित्तीय अनुशासन कायम गर्न समेत सहयोग पुग्ने बताए ।

Comment


Related News

Latest News

Trending News