अपडेट 
२०८० श्रावण २६, शुक्रबार १२:४२

साताको अन्तिम कारोबारको दिन  शुक्रबार पनि सुनको भाउ ओरालो लागेको छ।

शुक्रबार सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको छ । योसँगै छापावाल सुन प्रतितोला  १ लाख ११ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ५५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले  जनाएको छ ।

बिहीबार पनि सुनको भाउ तोलामा ७०० रुपैयाँले घटेको थियो। हिजो प्रतितोला छापावाल सुन १ लाख ११ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ७५० रुपैयाँमा कारोबार भएको थियो।

शुक्रबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर १ हजार ३८० रुपैयाँ कायम भएको छ। बिहीबार तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार ३८० रुपैयाँमा किनबेच भएको थियो। 

Comment


Related News

Latest News

Trending News