२०८० श्रावण २६, शुक्रबार १०:२५

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप दुई जना डाक्टर पक्राउ परेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले काठमाडौँस्थित इशान बाल अस्पतालमा कार्यरत चिकित्सक श्रद्धा शिल्पकार र मोरङका चिकित्सक मनित चौधरीलाई पक्राउ गरेको हो ।

शिल्पकारलाई बिहीबार राति काठमाडौंबाट पक्राउ गरिएको हो भने चौधरीलाई मोरङबाट पक्राउ गरिएको सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए। उनका अनुसार चौधरीले मोरङमा निजी क्लिनिक चलाउँदै आएका छन्।

योसँगै नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ पर्नेको संख्या ७ पुगेको छ।

Comment

Related News

Latest News

Trending News